एनआइसी एसिया बैंकको साधारण सभा मंसिर २१ गते, बुकक्लोज कहिले ? « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

एनआइसी एसिया बैंकको साधारण सभा मंसिर २१ गते, बुकक्लोज कहिले ?



काठमाडौं । एनआइसी एसिया बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने छ । मंसिर ९ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

सभामा बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्