सिभिल लघुवित्तको खुद नाफा १०.९४ प्रतिशतले गिरावट « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

सिभिल लघुवित्तको खुद नाफा १०.९४ प्रतिशतले गिरावट



काठमाडौं । सिभिल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १०.९४ प्रतिशतले नाफा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड २२ लाख ११ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा ६.६० प्रतिशतले बढि हो ।

त्यस्तै, सञ्चालन नाफा ४.५७ प्रतिशतले बढेर ६३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ६१ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कम्पनीले ४३ करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै १ अर्ब ५२ करोड ५९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ९७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्