जीवन बीमाको कर्मचारीलाई ४५ दिने कुलिङ अनिवार्य, यस्तो छ नयाँ आचार संहित « Arthapath.com
३० कार्तिक २०७७, आईतवार

जीवन बीमाको कर्मचारीलाई ४५ दिने कुलिङ अनिवार्य, यस्तो छ नयाँ आचार संहित



काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई नयाँ आचार संहितामा बाँधिएका छन् । जीवन बीमक संघको गत बिहिवार सम्पन्न साधारणसभाबाट नेपालमा सञ्चालित १९ वटा जीवन बीमक संघको लागि तयार पारिएको आचार संहिताको मस्यौदा पारित गरिएको आचार संहिता अनुसार चल्नु पर्ने भएको छ । साधारणसभाले पारित गरेको आचार संहिता कार्तिक २७ गतेदेखि नै लागू भएको छ ।

त्यस्तै, जीवन बीमा कम्पनीमा कार्यरत अधिकृत वा सो भन्दा माथिल्लो तहमा कार्यरत कर्मचारीहरुले एक कम्पनीबाट अर्को कम्पनीमा सरुवा हु्ँदा कम्तीमा ४५ दिन कुलिङ पिरियडमा बस्नुपर्ने नयाँ आचारसंहितामा उल्लेख गरिएको छ ।

नयाँ आचार संहितामा कुनै पनि कम्पनीमा भर्ना भएको एक वर्ष नभई उक्त कम्पनी छोडेर दोस्रो कम्पनीमा जान पाइने छैन भने अर्को कम्पनीमा कार्यरत कर्मचारीलाई भर्ना गर्दा एक तहभन्दा माथिल्लो तहमा भर्ना गर्न नपाइने व्यवस्था लागु गरिएको हो । कम्पनीहरुले आफ्नो व्यापार प्रबद्र्धन गर्न अर्को कम्पनीका विरुद्धमा प्रचार गर्न समेत पाइने छैन भने बीमा प्रडक्टहरुको यथार्थ तथ्याङ्कको आधारमा मात्रै तुलना गर्न पाइनेछ ।

नयाँ जारी भएको आचार संहितामा नेपालमा जीवन बीमा व्यवसाय मर्यादित बनाउने, जीवन बीमाको जनचेतना जगाउँदै व्यवसायको प्रबद्र्धन गर्ने, अस्वस्थ प्रतिस्पर्धा नगर्ने लगायतका स्वनियमनहरुको व्यवस्था गरिएको जीवन बीमक संघका उपाध्यक्ष पोषक पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्