सिटिजन लाइफको नाफा २२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क साढे ८२ प्रतिशतले बृद्धि « Arthapath.com
३ मंसिर २०७७, बुधबार

सिटिजन लाइफको नाफा २२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क साढे ८२ प्रतिशतले बृद्धि



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो

कम्पनीले पहिलो त्रैमासमा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष कम्पनीले ८२.४९ प्रतिशत बढि खुद बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, कम्पनीको यस अवधिमा चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्