युनाईटेड इदी मर्दीको आईपीओ निष्काशनको दोस्रो दिन पाँच गुणा बढी आबेदन « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

युनाईटेड इदी मर्दीको आईपीओ निष्काशनको दोस्रो दिन पाँच गुणा बढी आबेदन



काठमाडौंं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा ५.१८ गुणा बढी आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार २ लाख २६ हजार ३४३ वटा आबेदनबाट ४५ लाख २९ हजार ६८० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख ७३ हजार ९१० कित्ताको ५.१८ गुणा बढी हो ।

युनाईटेड इदी मर्दी हाईड्रोपावरको आईपिओमा पहिलो दिनमा ११ लाख ३८ हजार २६० कित्तामा आवेदन परेको थियो । बुधबार अपरान्ह ४ः३० बजेसम्ममा कूल ५२ हजार ८८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको हो । बिक्री प्रबन्धक ग्लोबल आर्ईएमई क्यापिटलका अुनसार कूल ८ लाख ७३ हजार ९१० कित्तामा आवेदन माग गरिएकोमा पहिलो दिनमा माग भन्दा बढि अर्थात ११ लाख भन्दा बढि आवेदन परेको कम्पनीले जनाएको हो ।

कम्पनीले स्थानीयबासीलाई आरक्षणसहित दिएको शेयर पूरा बिक्री नभएपछि स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । मंसिर ७ गतेसम्म आइपीओमा आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्