राष्ट्रिय बीमा संस्थानको नाफा ४१ प्रतिशतले घट्यो « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

राष्ट्रिय बीमा संस्थानको नाफा ४१ प्रतिशतले घट्यो



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको पहिलो त्रैमासामा १ करोड २ लाख रुपैयाँ मौ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष ४१ प्रतिशतले खुद नाफा घटेको हो ।

त्यस्तै, संस्थानको खुद बीमाशुल्क आर्जन ४ करोड २१ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनामा यस बर्ष ३ प्रतिशतले बढेको हो ।

त्यस्तै, संस्थानको जीवन बीमा कोषको आकार २५ प्रतिशतले बढेर ३० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत बर्ष यस अवधिमा जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । संस्थानाको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ६१ लाख रुपैयाँ संचित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्