नेपाल बङ्गलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

नेपाल बङ्गलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरणा गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्