पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालन « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालन



काठमाडौं । पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा भएको छ । एभरेष्ट ब्यांक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुषणरहित शवदाह गृह बुधबारदेखि सञ्चालनमा आएको हो।
आज ब्यांकले औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

आजबाटनै उक्त शवदाह गृहलाई सञ्चालनमा आएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण सहयोग पुग्ने बताएका छन ।
आधुनिक शवदाह गृहले ‘हिन्दुहरूको मृत्यु संस्कार’लाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने मन्त्री भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस्