नेशनल लाइफ इन्स्योरेन्सको लाभांश संसोधन, यस्तो छ संसोधित लाभांश « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश संसोधन, यस्तो छ संसोधित लाभांश



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७५÷०७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संसोधित गरिएको हो । कम्पनीले यसअघि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर बीमा समितिले अस्विकृती गरेपछि कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश परिमार्ज गरेको हो ।

अब कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्