भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको ज्यान गयो « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको ज्यान गयो



काठमाडौं । भरुवा बन्दुक पड्किँदा वनका एकजना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको बेलका नगरपालिका १ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोला रहेको प्रहरीले जनाएको छ ।

गस्ती गएको समयमा बुधबार राति बुलबुल सामुदायिक वनमा फेला परेको बन्दुक गाडीमा राखेर कार्यालय तर्फ ल्याइएको थियो । उक्त बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किँदा बस्तोलाको ज्यान गएको हो ।

प्रहरीका अनुसार सामुदायिक वनभित्र हतियारसहितको टोली देखेपछि वन कर्मचारीले उनीहरुलाई लखेटेका थिए । वन कर्मचारीलाई देखेपछि हतियारधारी समूह बन्दुक फालेर फरार भएका थिए ।


प्रतिक्रिया दिनुहोस्