पत्रकारितामा महिला सहभागिता बढाउन सेजनले सुरु गर्‍यो तालिम « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

पत्रकारितामा महिला सहभागिता बढाउन सेजनले सुरु गर्‍यो तालिम



पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि नेपालआर्थिक पत्रकार समाज९सेजन०ले आधारभूतपत्रकारितातालिम सुरु गरेको छ ।


संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी र अन्र्तराष्ट्रिय वित्तनिगम ९आईएफसी० को सहयोगमा सेजनले पत्रकारितागर्न इच्छुक र भर्खर सुरु गरेकामहिलाको लागि बेभीनारमार्फत तालिम सुरु गरेको हो । ६ वटा प्रदेशमागरिने तालिमअन्र्तगत १ सय ८० महिला सहभागीहुने कार्यक्रम छ ।

बाग्मतीप्रदेशबाट सुरु भएको सो तालिमबिहीबारदेखि कर्णालीप्रदेशमकामहिलाकालागि सुरु भएको छ । ३० जना सहभागीतालिमको उद्घाटन गर्दै कर्णालीप्रदेशकाभूमिव्यवस्था,कृषितथा सहकारी मन्त्रीबिमला केसीले महिलापत्रकार वृद्धि र दिगोपनताकालागिप्रदेश सरकाले सहयोग गर्ने बताईन । पुरुष पत्रकारहरु धेरै अघि बढिसकेको भन्दै उनीहरुलाई भेटाउन महिलापत्रकारहरु दौडनुपर्ने अवस्थाभएको मन्त्री केसीको भनाई थियो ।


कार्यक्रममायुएनडीपकी कर्णाली प्रदेशकी सजनीचौधरी, नेपालपत्रकार महासंघका केन्द्रीय सदस्यकलेन्द्र सिजुवाल, कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्य लगायतले महिलापत्रकारिताबारे चर्चा गरेकाथिए ।


३५ जना सहभागी बाग्मतीप्रदेशको तालिमको उद्घाटनमा भने शिक्षामन्त्रालयकीउपसचिवदिव्या दवाडी, युएनडीपीकी आवासीयप्रतिनीधि आईसानीलावे, आईएफसीकी नेपाल भुटान र वंगलादेशकी देशीयनिर्देशक वेन्डी वर्नर लगायतले पत्रकारितामामहिला सहभागीकमभएको भन्दै उनीहरुलाई पत्रकारिता ल्याउनकालागि तालिमका साथै उचित सहजीकरण र समन्वय आवश्यक रहको बताए ।

बाग्मतीप्रदेशको पत्रकारिता तालिममा पत्रकारहरु यशोदा तिमल्सिना, जुनारबाबु बस्नेत, भीमगौतम र सविनमिश्रले प्रशिक्षण दिएकाथिएभने कर्णालीको बिहीबारको तालिममाजीवन बस्नेत र रञ्जु काफ्लेले प्रशिक्षण दिएकाथिए ।

६ प्रदेशका १ सय ८० महिलालाई तालिम दिएर उनीहरलाई विभिन्न मिडियामा आवद्ध गराउने तथा उनीहरुलाई पत्रकारितामा सकृय बनाउनका लागिआवश्यक अनुसार थपतालिमहरु समेत गर्ने योजना सहित महिलाका लागिमात्र सेजनले तालिम सुरु गरेको अध्यक्ष भीमगौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्