सरकारी क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग, एसईई पासले पनि आवेदन दिन पाउने « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

सरकारी क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग, एसईई पासले पनि आवेदन दिन पाउने



काठमाडौं । लोकसेवा आयोगको सहमतिअनुसार लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुने गरी यस कोषमा रिक्त रहेका निम्न अधिकृत तथा सहायक पदहरू खुल्ला प्रतियोगिताद्वारा स्थायी रूपमा पदपूर्ति गर्नु पर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका तथा कोषको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली, २०७४ को विनियम २२ अनुसार अयोग्य नठहरिएका नेपाली नागरिकहरूले यस कोषले उपलब्ध गराएको दरखास्त फारममा भएको विवरण उल्लेख गरी आफूले प्राप्त गरेको नागरिकता तथा एस.एल.सी. वा सो भन्दा माथिका शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रको प्रतिलिपि स्वयं आफैले प्रमाणित गरी र हालै खिचिएको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटोसहित दरखास्त फारम भरी यस कोषको केन्द्रीय कार्यालय, प्रशासन विभाग, गहनापोखरीमा यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेश गर्न आह्वान गरिएको छ ।

उक्त २१ दिनभित्र दरखास्त दिन नसक्ने व्यक्तिहरूले सो म्याद नाघेको ७ दिनभित्र दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सक्नेछन्। आफूले दिने पदका लागि तोकिएको परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैंक, टंगाल शाखास्थित चल्ती खाता न. ११६००००३६७०१ मा जम्मा गरी सो को सक्कल भौचर दरखास्त साथ संलग्न हुनु पर्नेछ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट दरखास्त पेश गर्न सकिनेछ । म्यादभित्र दर्ता नभएको र रित नपुगी आएको दरखास्तउपर कुनै कारबाही हुने छैन ।


प्रतिक्रिया दिनुहोस्