छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाए « Arthapath.com
२ पुष २०७७, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाए



काठमाडौं । देशभर भएको छुट्टाछुट्टैे सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन । ज्यान गसमाउनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका २ ठुटी पिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित सडकमा बा।५ ख ७६७ नम्बरको हाइसले को २५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदामोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे।९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्करदिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका–३ लखना बस्ने १८ वर्षीय अदिप थारूको ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्