नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर « Arthapath.com
१७ पुष २०७७, शुक्रबार

नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर



नव वर्ष २०२१ मा मोबाइल टप अप आफ्नै आइएमई पे वालेट बाट गरौं

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य छ ।

नियम र सर्तहरू:

  • यो क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य छ ।
  • बिभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त गर्ने छैन ।
  • प्रत्येक उपयोगकर्ताले रु. १०० प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नुहुनेछ ।
  • यो अफर सीमित समयको लागि मात्र लागु हुनेछ ।
  • आईएमई भुक्तानीले आफ्नो पूर्ण विवेकाधिकारमा कुनै पूर्व सूचना बिना परिवर्तन र संशोधन र वा फिर्ता लिने अधिकार राख्दछ ।
  • आईएमई भुक्तानीले कुनै पनि पूर्व सूचना बिना नियम र सर्तहरू परिमार्जन गर्ने अधिकार राख्दछ ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

आइएमई लिमिटेडका बारेमाः–

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः–

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।


प्रतिक्रिया दिनुहोस्