२४ घण्टामा थपिए ४१२ कोरोना संक्रमित, ४ जनाको ज्यान गयो « Arthapath.com
२३ पुष २०७७, बिहीबार

२४ घण्टामा थपिए ४१२ कोरोना संक्रमित, ४ जनाको ज्यान गयो



काठमाडौं । विहिबार पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बिहीबार थप ४ जनाको ज्यान गएको छ । कोरोना यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि निको भएका छन ।यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्