अब अन्तर बैंक एटीएममा बैंकले शुल्क लिन पाउने, माघ १ देखि लागू हुने « Arthapath.com
२३ पुष २०७७, बिहीबार

अब अन्तर बैंक एटीएममा बैंकले शुल्क लिन पाउने, माघ १ देखि लागू हुने



काठमाडौँ । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

आज राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको छ । यो व्यवस्था आउँदो माघ १ देखि लागू हुने राष्ट्र बैंकले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

कोरोना जोखिमबाट बच्न्न भन्दै सरकारले लकडाउन सुरु गरेदेखि गत चैतमा बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्