इश्वर पोखरेलका सम्धी कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि दिए राजीनामा « Arthapath.com
२५ पुष २०७७, शनिबार

इश्वर पोखरेलका सम्धी कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि दिए राजीनामा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बन्न नपाएपछि प्रा डा उपेन्द्र कोइरालाले राजीनामा दिएका छन ।

हिजो कोइरालाले अर्थ मन्त्रालयमा राजीनामा बुझाएको राष्ट्रिय वाणिज्य बैंक स्रोतले बताएको छ ।
बिहीवारको सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका सञ्चालक समिति सदस्य धनिराम शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

शर्मालाई नियुक्ती गरेपछि कोइरालाले बिहीवार नै सदस्य पदबाट अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस्