५ कम्पनीको साधारण सभा आज हुँदै, लाभांश पारित गर्दै « Arthapath.com
२६ पुष २०७७, आईतवार

५ कम्पनीको साधारण सभा आज हुँदै, लाभांश पारित गर्दै



काठमाडौं । पौष २६ गते आइतबार ५ कम्पनीको साधारण सभा हुँदै छ । आइतबार २ वाणिज्य बैंक प्रभु बैंक, नेपाल बंगलादेश बैंक र लुम्बिनी विकास बैंक, वरुण हाइड्रो र सिभिल क्यापिटलको साधारण सभा आज हुँदै छ । प्रभु बैंकको १९ औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। लुम्बिनी विकास बैंकको १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बरुण हाइड्रोपावर कम्पनीको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।सिभिल क्यापिटललको आजै हुने साधारण सभाले पनि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्