प्रहरी र गाँजा तस्करको समूहबीच गोली हानाहान « Arthapath.com
२६ पुष २०७७, आईतवार

प्रहरी र गाँजा तस्करको समूहबीच गोली हानाहान



काठमाडौं । बारामा प्रहरी र गाँजा तस्करको समुहबीच गोली हानाहान भएको छ ।

बाराको निजगढ नगरपालिका १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । तस्करहरुको समुहबाट १०२ किलो गाजा र भरुवा बन्दुकसहित तस्कर पक्राउ गरेको छ ।

९÷१० जनाको समुहको तस्करले प्रहरीलाई देख्ने वितिकै गोली फायर गरेको थियो । प्रहरी टोलीले पनि तस्करहरुलाई चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्