चिलिमे र बीपीसीका सेयरधनी ५ वर्षमा करोडपति « Arthapath.com
२७ पुष २०७७, सोमबार

चिलिमे र बीपीसीका सेयरधनी ५ वर्षमा करोडपति



काठमाडौं । नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भएका ३० वटा हाइड्रोपावर कम्पनीहरूमध्ये अब्बल कम्पनीको रुपमा चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन् ।
नेप्सेमा सूचीकृत भएका ३० कम्पनीहरूमध्ये यी दुई कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दैआएका छन् । अरू केही हाइड्रोपावर कम्पनीहरूले भने लगानीकर्ताहरूलाई निराश बनाउँदैआएका छन् ।

नेप्सेमा सूचीकत भएका ३० कम्पनीमध्ये अब्बल ठानिएका हाइड्रोपावर कम्पनीहरू चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनीको पाँच वर्षको लाभांश हेर्दाः चिलिमे हाइड्रोपावर कम्पनीका सेयरधनीहरूले यो ५ वर्षको अवधिमा आकर्षक लाभांशप्राप्त गरेका छन् । यो पाँच वर्षको अवधिमा लगानीकर्ताहरूले १ सय ३२ प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त लाभांशमध्ये ८० प्रतिशत बोनश सेयर रहेको छ भने ५२ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीले पाँच वर्षको अवधिमा लगानीकर्ताहरूलाई १ सय १० प्रतिशत लाभांश प्रदान गरेको छ । उक्त १ सय १० प्रतिशत लाभांशमध्ये १७ प्रतिशत बोनश सेयर रहेको छ भने बाँकी ९३ प्रतिशत नगद लाभांश रहेको छ ।


प्रतिक्रिया दिनुहोस्