सिभिलको शेयर कारोबार रोक्का गर्दै नेप्सेले माग्यो ३ दिने स्पष्टिकरण « Arthapath.com
२८ पुष २०७७, मंगलवार

सिभिलको शेयर कारोबार रोक्का गर्दै नेप्सेले माग्यो ३ दिने स्पष्टिकरण



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थालाई नेपाल स्टक (नेप्से) ले ३ दिने स्पष्टिकरण सोधेको छ । कम्पनीको शेयर कारोबार पनि नेप्सेले रोक्का गरेको छ । लाभांश घोषणा गरेको सूचना नेप्सेमा समयमा नै नपठाएको भन्दै कारोबार रोक्का गरी ३ दिने स्पष्टिकरण मागेको हो ।

नेप्सले कति, कति कारणले समयमा नै लाभांश प्रस्तावको सुचना पठाउन नसकेको हो स्पष्टिकरण मागेको जनाएको हो ।

कम्पनीले पुस २७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले भने पुस २८ गते दिउँसो ११ः५० मा लाभांश सम्बन्धी सूचना उपलब्ध गराएको थियो । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी निर्णयहरु भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ तर संस्थाले उक्त सुचना ढिलो पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्