१० किलो गाँजासहित श्रीमान श्रीमति पक्राउ « Arthapath.com
२९ पुष २०७७, बुधबार

१० किलो गाँजासहित श्रीमान श्रीमति पक्राउ



काठमाडौं । प्रहरीले गाजाँसहित एक दम्पतिलाई सर्लाहीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह रहेको प्रहरीले जनाएको छ ।

उनीहरु ज११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका १३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्