राष्ट्रिय वाणिज्य बैंकले पनि ७ प्रतिशत लाभांश दिने « Arthapath.com
२९ पुष २०७७, बुधबार

राष्ट्रिय वाणिज्य बैंकले पनि ७ प्रतिशत लाभांश दिने



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ३.५० प्रतिशत नगद र ३.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश दिने भएको हो । तर, बैंकको अघिल्लो आर्थिक वर्षको लाभांश भन्दा यस बर्ष कम लाभांश कम दिएको हो । अघिल्लो आर्थिक बर्ष १२ प्रतिशत नगद लाभांश दिएर सरकारले १ अर्ब ८ करोड रुपैयाँ पाएको थियो ।

यस बर्ष सरकारले ३१ करोड रुपैयाँ नगद र ३१ करोड रुपैयाँको सेयर पाउने भएको हो । सेयर वितरणपछि हाल चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँबाट ९ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्