एनआरएन इन्फ्रास्टक्चरले बोलायो साधारण सभा « Arthapath.com
२ माघ २०७७, शुक्रबार

एनआरएन इन्फ्रास्टक्चरले बोलायो साधारण सभा



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड साधारण सभा बोलायको छ ।कम्पनिको संचालक समितिको बैठकले प्रस्थावीत लाभांश पारीत गनको लागी साधरण सभा बोलायको छ ।


साधरण सभा माघ २५ गते बिहान ११ बजे अकामा होटल, सुकेधारामा आठौँ वार्षिक साधारण सभा हुने छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पुजीको २।५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनिले जनाएको छ ।साधारण सभा गर्नको लागी कम्पनीले माघ १२ गते एक दिनका लागिमात्र बुकक्लोज गर्ने छ ।

त्यस्तै साधरण सभाले संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्