नेपाल ईन्स्योरेन्सले वोनस शेयर तथा नगद लाभांश वितरण गर्ने « Arthapath.com
९ माघ २०७७, शुक्रबार

नेपाल ईन्स्योरेन्सले वोनस शेयर तथा नगद लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल ईनस्योरेन्स लिमिटेडकोे आ व २०७६ /०७७ को वोनस शेयर तथा नगद लाभांश
वितरण गर्ने निर्णय गरेको छ ।

हिजोे बिहिवार बसेको सञ्चालक समितिको बैंठकले वीमा समिति तथा वार्षिक साधारण सभाबाट स्वीकृत भए बमोजिम हुने गरी आ.व. ०७६/०७७ को लागि हाल कायम रहेको चुक्ता पूँजी रु १,१५,०३,१३,४८५.६९ को ८ प्रतिशतका दरले हुने वोनश शेयर रु ९,२०,२५,०७९ ( नौ करोड बीस लाख पच्चिस हजार उनासी मात्र) तथा नगद लाभांश (वोनश शेयरमा लाग्ने कर सहित) २ प्रतिशतले हुने २,३०,०६,२७० (दुई करोड तीस लाख छ हजार दुई सय सत्तरी मात्र ) वितरण गर्र्नेे निर्णय गरेको कम्पनिले जनाएको छ ।

कम्पनीले प्रधान कार्यालय तथा आफ्नो ४९ वटा शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट वीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आबश्यकता अनुसार शाखा सञ्जाल बिस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने लक्ष्य कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्