कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, प्लस टुले पनि आवेदन दिन सक्ने, यसरि भर्नुहोस् आवेदन « Arthapath.com
९ माघ २०७७, शुक्रबार

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, प्लस टुले पनि आवेदन दिन सक्ने, यसरि भर्नुहोस् आवेदन



काठमाडौं । कृषि विकास बैंक लिमीटेडले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै विभिन्न पदका लागि जनशक्ति मागेको छ । कृषि विकास बैंकले अधिकृतसहित ३२६ कर्मचारी माग गरेको हो ।

कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो । अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ । २९ गतेसम्म दरखास्त दिन सकिने छ ।

कृषि विकास बैंकले चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि जागिर माग गरेको हो । बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको हो । यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो ।

कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ । परीक्षा दस्तुर ४ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने छ । परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ । अनलाइनबाट फारम भर्न सकिने छ । बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ । उमेर हद पदअनुसार फरक फरक छ । ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन् ।

Apply to hare: https://recruitment.adbl.gov.np/rec/Default.aspx

कृषि विकास बैंक लि.का अनलाईन आवेदकहरुलाई सूचना:

यस बैंकबाट मिति २०७७।१०।०९ गते कर्मचारी दरखास्त आहवान सम्बन्धि प्रकाशित सूचना अनुसारका विभिन्न पदहरुमा आवेदन गर्न दरखास्त फाराम पेश देहाय अनुसार बुझाउने ब्यवस्था रहेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

१. सर्वप्रथम Registration गर्नुपर्नेछ ।  त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा Click गर्नुहोस् अथवा Screen को Top Right Corner मा Registration मा Click गर्नुपर्नेछ ।

क) Password कम्तिमा ६ Character को हुनु पर्नेछ, जसमध्ये कम्तिमा एउटा Capital Latter, एउटा Symbol र एउटा Number हुनुपर्नेछ ।

ख) Captcha Code राख्दा देखिए अनुरुप लेखी Continue मा Click गर्नुपर्नेछ ।

ग) Registration गर्दा राखिने इमेल र मेबाइलमा दरखास्त स्वीकृत वा अस्वीकृत भएको जानकारी प्राप्त हुने भएकोले प्रयोग भइरहने आफ्नै इमेल र मेबाइल राख्नु पर्नेछ।

घ)  Continue मा  Click गरेपछि Login ID प्राप्त हुनेछ । एकभन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेश पत्र लिंदा समेत सोही Login ID प्रयोग गर्नुपर्ने भएकोले सो Login ID र Password सुरक्षित राख्नु पर्नेछ ।

२. Login ID प्राप्त भएपछि पूनः आफुले भर्ने बिज्ञापन भएको ठाउँको Apply मा Click गर्नुपर्नेछ ।

३. यसपछि उपलब्ध Fields हरुमा भर्नु पर्ने विवरणहरू भरी Save & Submit मा Click गर्नुपर्नेछ । दरखास्तवालाको नाम र पारिवारिक विवरण अनिवार्य रुपमा नेपाली युनिकोडमा लेख्नुपर्नेछ ।

४.  छनौट गरेको विज्ञापन नम्बरमा Click गरी बिबरण भर्ने क्रममा खुला तथा समावेशी समूह छनौट गर्ने Check Box हरु  देखा पर्नेछन । देखिएको सूचीमध्ये आफूलाई मिल्ने खुला तथा समावेशी जुन समूहमा दरखास्त दिन चाहेको हो सो समूहको सूचीमा रहेको Check Box मा Click गर्नुपर्नेछ । एकपटक दरखास्त Submit भैसकेपछि पूनः सोही बिज्ञापन अन्तर्गतको अन्य समूहमा दरखास्त दिन नसकिने तथा अन्य समूहमा दिनुपरेमा पहिले गरेको सम्पूर्ण प्रकृया खारेज गरी पूनः सबै प्रकृया दोहोऱ्याउनु पर्ने भएको हुंदा यस विषयमा विशेष ध्यान पूऱ्याउनु पर्दछ ।

५‍. समावेशी समूहको हकमा महिला बाहेक अन्य समूहमा Apply गर्दा बिज्ञापनको सूचनामा तोकिए बमोजिमको प्रमाण पत्र अनिवार्य रुपमा Upload गर्नुपर्नेछ ।

६. एकपटक Submit भएको दरखास्त फाराम Edit गर्न सकिने छैन, यदि एकै पटकमा फाराम भरेर नसकिएको खण्डमा Save & Submit Latter बटनमा Click गरी पूनः आफ्नो फाराममा परिवर्तन गरी Save & Submit गर्न सक्नुहुनेछ ।

७. उम्मेद्वारले सूचना बमोजिमको समयावधि भित्र तोकिए बमोजिमको दरखास्त शूल्क बुझाए पश्चात् फाराम रुजु लगायत अन्य प्रक्रिया अघि बढाइने छ । Online दरखास्त फाराम Submit गरे पश्चात् प्राप्त हुने Application ID अनुरुप बुझाउनु पर्ने परीक्षा दस्तुर e-Sewa, Connect IPS, Khalti वा Phonepe मध्ये कुनै एक माध्यम को  प्रयोग गरि बुझाउनु पर्नेछ । दरखास्त दस्तुर भुक्तानी गर्दा आफ्नो Login र Password प्रयोग गरी पूनः Login अथवा View All Vacancies मा Click गर्दा देखिने Online Payment माध्यममा Click गरी भुक्तानी गर्न सकिनेछ ।

८. दरखास्त Accept, Incomplete वा Cancel भएको जानकारी Email र Mobile मार्फत प्राप्त हुनेछ वा Login गरी हेर्न सकिनेछ । कारणबस Incomplete  दरखास्तहरू दरखास्त दिने अन्तिम दिनसम्ममा सोही Login बाट आफैले सच्याउनु पर्ने भएमा सच्याएर पूनः पेश गर्न सकिनेछ ।

९.  एकभन्दा बढी विज्ञापनमा आवेदन दिने भएमा बुँदा नं २ देखि ७ सम्मका प्रकृया पुन दोहोर्याउनु पर्नेछ ।

१०. दरखास्त फाराम भर्दा कुनै समस्या आएमा बैकमा सम्पर्क गर्न सक्नुहुनेछ ।

११. दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा e-Sewa को लागिः 16600102121, Khalti को लागिः16600158888 र Connect IPS को लागिः 014255306 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Image may contain: text that says 'खुला कृषि विकास बैक लिमिटेड कार्यालय, जनशत्ति व्यवस्थापन विभाग समावेशी पदपूर्तिका आहवान सम्बन्धी समावेशी कार्यक्रममा स्वीकृत लोक गतदखि तपसिलमा आयोगबाट फाराम व्यक्तिले विभागीय E-Sewa दरखास्त Fopa अभियोगमा आवेदन Wallet अनलाइन उम्मेदवार भुक्तानी विज्ापन Mobile Banking वा onnect महिला मधेसी दलित अपाष् पि.क्षे. इन्जिनियर व्यवसाय अधिकृत इन्जिनियर (सिभिल) सहायक ੧5 १२ जम्मा: स्थायी। १० सुविधा: बैंकको ३७ उम्मेदवारहरुले प्रचलित अधीनमा इन्जिनियर गर्नुपनेछ बैंकले अधिकत वर्षसम्म कर्मचारीले योग्यता इन्जिनियर (आइटी). खटाएका जुनसुक राजधानी चाहिय बेकल सेवाकी स्नातकोतर उत्तीर्ण वित्तीय मान्यता नेपाल विश्वविद्यालयबाट वर्गको स्नातकोत्र वर्षका नागि:- मान्यता विश्वविद्यालयबाट अर्थशास्वर, बकबाट इजाजतपत्र'


प्रतिक्रिया दिनुहोस्