नेप्सेले फुकुवा गर्यो ४ कम्पनीको सेयर कारोबार « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

नेप्सेले फुकुवा गर्यो ४ कम्पनीको सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले चार वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेका अनुसार रैराङ हाईड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माइ हाईड्रोपावर र नेपाल हाईड्रो डेभलपर्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार माघ २६ गतेबाट रोक्का गरेको थियो । यी कम्पनीको कारोबार फागुन २ गतेबाट फुकुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्