सेवोनद्धारा एचआईडिसीएसल र बरुण हाइड्रो लगायत कम्पनीको आवेदन रद्द « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

सेवोनद्धारा एचआईडिसीएसल र बरुण हाइड्रो लगायत कम्पनीको आवेदन रद्द



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुको हकप्रद तथा आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा दिएका निवेदन रद्द गरिदिएको छ । सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाएर पनि आवश्यक पर्नm कागजात तथा विवरणहरु समयमा उपलब्ध नगराउने कम्पनीको निवेदन रद्द गरिदिएको हो ।

निवेदन दिएका एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको निवेदन रद्द गरेको हो । आवश्यक पर्ने कागजातहरु ६ महिना बित्दा पनि पेश नगरेकाले रद्द गरिएको बोर्डले जनाएको छ । अब ति कम्पनीले हकप्रद निष्काशन गर्नको लागि सुरुदेखि नै प्रक्रिया अगाडी बढाएर आवेदन दिनु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्