महिला लघुवित्तको आइपीओमा ६२.४९ गुणा धेरै आवेदन, अन्तिमदिनसम्म २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढि संकलन « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

महिला लघुवित्तको आइपीओमा ६२.४९ गुणा धेरै आवेदन, अन्तिमदिनसम्म २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढि संकलन



काठमाडौं । अन्तिमदिनसम्म महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १५ लाख २० हजार १९ हजार १ सय २८ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएको बिक्री कम्पनीले जनाएको छ । यो सर्वसाधारणको लागि मागभन्दा ६२.४९ गुणा धेरै आवेदन परेको हो ।

तर, मध्ये १४ लाख ३० हजार ०३८ आवेदनको मात्र भेरीफाई भएका छन् । जसबाट २ करोड २० लाख २१ हजार ९० रुपैयाँको आवेदन परेको छ । बाँकी ९० हजार ९० कित्ता भेरीफाई हुन बाँकी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले अर्थ संसारलाई जानकारी दिएको छ ।

कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्