बिहीबार नेप्से २५.२३ अंकले बढेर पौने ९ अर्बको कारोबार « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

बिहीबार नेप्से २५.२३ अंकले बढेर पौने ९ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.२३ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्सेमा जीव बीमा, निर्जीवन र माइक्रो फाइनान्स समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक धेरै जीवन बीमा समूहका लगानीकर्ताले १०९.७३ अंकले गुमाएका छन् भने निर्जीवन बीमा समूहका लगानीकर्ताले ५०.३ अंकले गुमाए ।

त्यस्तै बिहीबार सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले धेरै ७२.९२ अंकले कमाए भने विकास बैंकका लगानीकर्ताले ६२.१४ अंकले कमाए ।

बिहीबार २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ सेयर कित्ता ९० हजार २०२ पटक किनबेच हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्से २६३६..६८ अंकमा बन्द भएको हो ।


प्रतिक्रिया दिनुहोस्