मंगलबार ११ सयले बढेको सुनको मूल्य बुधबार फेरि घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

मंगलबार ११ सयले बढेको सुनको मूल्य बुधबार फेरि घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्