बुधबार नेप्सेमा दुई कम्पनीको ११ लाख ८१ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

बुधबार नेप्सेमा दुई कम्पनीको ११ लाख ८१ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीको ११ लाख ८१ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी जम्मा ११ लाख ८१ हजार ९७६ बोनस शेयर सूचीकृत भएको हो ।

यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत गराएका हुन । आशा लघुवित्तको १५ प्रतिशत र वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।

सूचीकृत भएको उक्त बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् । मर्जर तथा प्राप्तीका कारण रोक्का भएको वोमी लघुवित्तको शेयर कारोबार अझै नखुलेकाले लघुवित्तको शेयर कारोबार खुलेपछि कारोबार गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्