सुनको मूल्य निरन्तर ओरालोतर्फ, ३ दिनमा १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

सुनको मूल्य निरन्तर ओरालोतर्फ, ३ दिनमा १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चादीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्