बैंकिङ्गफाइनान्स र सेन्चुरीयन युनिभर्सिटि बिच भयो यस्तो सम्झौता

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि BFIN र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट CUTM बिच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता यहि फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन गरिएको ५ दिने]“Nano, Micro and SME Entrepreneurship Eco-System Development” बिषयक तालीमको उद्घाटन समारोहमा उक्त एमओयुमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा BFIN को तर्फबाट प्रबन्धनिर्देशक डा. विनोद आत्रेयले र CUTM को तर्फबाट उपकुलपति डा. सुप्रिया पट्नायकले हस्ताक्षर गरेका छन ।
