शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण,४ जनाको ज्यान गयो « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण,४ जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ५४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको छ ।

यस्तैगरी पछिल्लो २४ घण्टामा देशभर ४ जना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७१ जना पुगेको छ । आज पीसीआर विधिबाट ३ हजार ९४४ जनाको स्वाब परीक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्