नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार



काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको यहाँस्थित आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिवारको तुलनामा उहाँको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।

झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउनुभएको छ । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उहाँले आँखा भने खोल्नुभएको छैन ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भन्नुभयो–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्