बैंक अफ काठमाण्डूको बिशेष साधारणसभा चैत्र ३ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

बैंक अफ काठमाण्डूको बिशेष साधारणसभा चैत्र ३ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । बैंक अफ काठमाण्डूले चैत्र ३ गते विशेष साधारणसभा गर्ने भएको छ । बैंकले चैत्र ३ गते (मंगलबार) बिहान १० बजे विशेष साधारणसभा बोलाएको बैंकले जनाएको छ ।

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने छ । त्यस्तै, विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

बैंकले सभा प्रयोजनको लागि फागुन २३ देखि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्