नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) ले गत आर्थिक वर्ष २०७६–०७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन १९ गते सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

यसखघि टेलिकमले आव २०७५–०७६ को नाफाबाट प्रति शेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्