महिला सहयात्राको वार्षिक साधारण सभा चैत्र १८ गते « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

महिला सहयात्राको वार्षिक साधारण सभा चैत्र १८ गते



काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारणसभा बोलाएको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते साधारण सभा बोलाएको हो ।

संस्थाको मकवानपुरको थाहा नगरपालिकास्थित अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजेदेखि सुरु हुने सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । संस्थाको चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन् ।


प्रतिक्रिया दिनुहोस्