अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई



काठमाडौं । तेजाव आक्रमण विरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिएको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गरिएको नेपाल स्थित अमेरिकी दूतावासले बताएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल घोषण कार्यक्रमको आयोजना गर्ने जानकारी दिएका छन ।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्राय ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गर्ने गरिन्छ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार हुन पुगेको थिईन आक्रमणमा परि मुस्कानको अनुहार, छाती र हातमा गहिरो चोट लागेको र उनकोे स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि त्यस्तै रहेको छ ।

यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकी थिईन । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लागेकि थिईन । प्रधानमन्त्री के.पी. ओलीसँग खातुनले भेट गरेपछि प्रधानमन्त्रीका तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गर्नुका साथै र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्