नबिल, ग्लोबल, एनआइसी र राष्ट्रिय बाणिज्य बैंक: शाखा विस्तारमा कुन बलियो ?
काठमाडौं । बाणिज्य बैंकहरु को पहिलो हुनेमा होडबाजि चलेको छ । कोही बैंक आफ्नो नयाँ–नयाँ योजना ल्याएर विजनेश बढाउने गरेका छन् भने कोही बैंक आफ्ना शाखा सञ्जाल देशभरि पुर्याएर विजनेश बढाउँदै आएका छन् । आफूलाई कसरी नम्बर वान बैंक बनाउने भनेर आ–आफ्ना रणनीतिमा लागेका छन् । तर नविल, ग्लोबल, एनआइसी एशिया र राष्ट्रिय बाणिज्य बैंकको शाखा, एटिएम लगायत बारेमा उल्लेख गरिएको छ । यी चार बैंक आफूलाई नम्बर वान बैंकको रुपमा उभ्याउन प्रतिस्पर्धामा लागेका छन् ।
नबिल बैंक लिमिटेड
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकको ११९ शाखा रहेका छ भने देशभरिका विभिन्न स्थानमा १८५ एटिएम सञ्चालना रहेका छन् । त्यस्तै, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।
ग्लोबल आइएमइ बैंक लिमिटेड
त्यस्तै, शाखा सञ्जालमा ग्लोबल आइएमई बैंक पनि एग्रेसिभ रुपमा लागेको छ । चैत्र १३ गते नयाँ ३ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ ३ शाखा सञ्चालनमा ल्याएको हो । योसंँगै ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २७३ शाखा पुर्याउन सफल भएको छ । बैंकले २४२ एटिएम मेशिन सञ्चालनमा ल्याएको छ । ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ग्राहकलाई सेवा दिँदै आएको बैंकले जनाएको छ । हाल २२ लाख भन्दा बढि ग्राहक रहेको बैंकले दावी गर्दै आएको छ ।
एनआइसी एशिया बैंक लिमिटेड
एनआइसी एशिया बैंकले हाल २३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । एनआइसी एशिया बैंकका मुलुकभर ३५२ शाखा कार्यालयहरू रहेका छन् । बैंकका ४७१ एटिएम सञ्चालनमा रहेका छन् । बैंकले ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । बैंकका २२ लाख भन्दा बढी ग्राहकहरू रहेको बैंकले दावी गर्दै आएको छ । बैंकले दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखाबाट सेवा दिँदै आएको बताएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पनि देशका सबै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक भएको छ । राष्ट्रिय बाणिज्य बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय पुर्याउन सफल भएको छ । बैंकले २०५ वटा एटिएम मेशिनबाट सेवा दिँदै आएको छ । ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।














