सांग्रिला डेभलपमेन्ट बैंकका १६ औँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकका १६ औँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बार्षिक साधारण सम्पन्न भएको छ । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र २३ गते विहान १० बजे लैनचौर व्याङ्क्वेट, (लैनचौर, काठमाण्डौमा) सम्पन्न भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो १६ औँ वार्षिक साधारण सभा भौतिक तथा जूम मिटिङमार्फत सम्पन्न गरिएको हो । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सयको ५ प्रतिशत बोनस शेयर र कर भूक्तानी प्रयोजनका लागि चक्ता पूजीको ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत (रु. ६८ लाख ५९ हजार ५८०) लाभांश पारित गरिएको छ ।

साथै आर्थिक बर्ष २०७६–०७७ का वित्तिय विवरण पारित र आर्थिक बर्ष २०७७–०७८ को लागि लेखा परिक्षक नियुक्ति लागायत प्रस्ताव पारित गरेको छ । बैंकको मुलकभर ९५ शाखा कार्यालयहरु ३१ एटिएम, साथै संस्थागत सुशासन जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्