सेयर बजारमा पुन: रौनकता छायो, नेप्से लगातार ३ दिन बढेर ३ दिनमा नै नयाँ रेकर्ड « Arthapath.com
२५ चैत्र २०७७, बुधबार

सेयर बजारमा पुन: रौनकता छायो, नेप्से लगातार ३ दिन बढेर ३ दिनमा नै नयाँ रेकर्ड



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार ३ दिन उकालो यात्रामा छ । नेप्सले पुराना रेकर्ड तोड्दै आइतबारदेखि नयाँ रेकर्ड बनाउन थालेको ३ दिन भयो । नेप्सले फागुन ९ गतेको नेप्से परिसूचकको उच्च विन्दु २६४०.३४ अंकको रेकर्ड तोड्दै आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंकको रेकर्ड बनाएर बन्द भयो । सोमबार १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा पुगेर आइतबारको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनायो । मंगलबार १५.७२ अंकले बढेर २६७४.४६ अंकमा बन्द भएर सोमबारको रेकर्ड तोड्दै ऐतिहासिक विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

लगातार ३ दिनदेखि नयाँ रेकर्ड बनाउँदै बढिरहेको नेप्से बुधबार पनि बढ्ने अनुमान गरिएको छ । बुधबारदेखि ज्योति लाइफको सेयर पनि कारोबारमा आउँदै छ । यसले पनि बजारमा केहि सकारात्मक रुपमा ल्याउने जानकारहरु बताउँछन् । जसले गर्दा बुधबार पनि नेप्से बढ्ने अनुमान गरिएको छ ।

मंगलबार दिनभरि २१३ कम्पनीका १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४७ करोड ७७ लाख ७३८ रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ सेयर कित्ता किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार १४ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् । युनाइटेड इदी मार्दी, युनिभर्सल पावर र चिलिमे जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको भने चन्द्रागिरी हिल्स, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, सान्जेन जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, पञ्चकन्या माई, छ्याङदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, बुटवल पावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । तर सबैभन्दा धेरै शेयरमूल्य घट्नेमा साल्ट ट्रेडिङ कम्पनीको १० प्रतिशतले गिरावट आएको छ । सानिमा जनरल, अजोड इन्स्योरेन्स, युनाइटेड फाइनान्स, जनरल इन्सयोरेन्स लगायतको शेयरमूल्य घटेका छन् ।

मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर ३९ करोड ८० लाख रुपैयाँको कारोबार भएर शिर्ष स्थानमा छ । चिलिमे जलविद्युत कम्पनीको ३१ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

मंगलबार होटल तथा पर्यटन उपसमूहको सूचक ५.६२ प्रतिशत, हाइड्रोपावर ४.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.३ प्रतिशत, इन्भेष्टमेन्ट २.६८ प्रतिशत, माइक्रोफाइनान्स १.३१, डेभलपमेन्ट बैंक १.१२ प्रतिशत र म्युचुअल फण्डको सूचक ०.१३ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको सूचक ९.४६ प्रतिशत, निर्जीवन बीमा २.०४ प्रतिशत, जीवन बीमा १.१ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्