आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
३१ चैत्र २०७७, मंगलवार

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने भएका छन् ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, सभामा बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताप पनि पेश हुने छ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर हुनेछ । आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्