नेपाल इन्स्योरेन्सको हात, तपाईको साथ « Arthapath.com
३१ चैत्र २०७७, मंगलवार

नेपाल इन्स्योरेन्सको हात, तपाईको साथ




काठमाडौं । वर्तमान युग सुचना प्रविधिको युगको हो । प्रविधिको युग भएपनि जोखिमको सुरक्षा अपनाउनुपर्ने हुन्छ । यसैलाई आत्मसात गर्दै नेपाल इन्स्योरेन्सले आफुले बिक्रि गर्दै आएका बीमालेखहरुलाई सुचना प्रविधिसँग एकाकार गरेको छ । नेपाल ईन्स्योरेन्स कम्पनीले बीमा सेवालाई आम जनतामा पुर्याउनका लागि मोवाईलबाट बीमालेख खरिद गर्ने ब्यवस्था गरेको छ ।

कम्पनीले डिजिटल्ली कार्यक्रम लागु गर्दै बीमा समितिले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिकाको निर्देशन अनुरुप बीमालेखलाई डिजिटल गर्नुपर्ने व्यवस्थालाई समेत ध्यानमा राखी नयाँ बर्षको पहिलो दिन मोवाईल एपबाट नै बीमा लेख खरिद गर्न मिल्ने ब्यवस्था गरेको छ ।

नेपालमै निर्जीवन बीमा उद्योगको क्षेत्रमा कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख, र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल (मोवाईल एप) का माध्यमबाट बीमालेख खरिद गर्न सक्ने व्यवस्था गरी इन्स्योरेन्स डिजिटल्ली सेवाको सुरुवात गरेको छ । उक्त बीमा सेवाको सुरुवात पश्चात उपभोक्ताको हात हातमा नेपाल ईन्स्योरेन्सको बीमा सेवा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्