उपत्यका बाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा « Arthapath.com
५ बैशाख २०७८, आईतवार

उपत्यका बाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा



काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्ष देखि स्थापित पोखरा एम आर आइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो । यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठुलो सिटी स्क्यान हो ।

विशेष गरी मुटु, मस्तिष्क फोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ । यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ ।

मुटुको रगत नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्धारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एम आर आइ मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुदै आइरहेको थियो । यस डाइग्नोस्टिक सेन्टरले आइएसओ गुणस्तरको लागि प्रक्रियामा रहेको समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्