सुनको मूल्य निरन्तर उकालो लाग्दै ९१ हजार रुपैयाँ पुग्यो, चाँदीको मूल्य २ दिन स्थिर « Arthapath.com
६ बैशाख २०७८, सोमबार

सुनको मूल्य निरन्तर उकालो लाग्दै ९१ हजार रुपैयाँ पुग्यो, चाँदीको मूल्य २ दिन स्थिर



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनका मूल्य तोलामा ७ सयले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्