गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढ्यो « Arthapath.com
७ बैशाख २०७८, मंगलवार

गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढ्यो



काठमाडौं। गरिमा विकास बैंकको खुद नाफा ३६.६३ प्रतिशतले उकालो लागेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ३६.६३ प्रतिशतले बढेको हो ।

बैंकको नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६७ करोड ८२ लाख रुपैयाँ आर्जन भएको छ । यो गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशतले बढी हो । बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि उकालो लागेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै बैंकको गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी समेत १३.५० प्रतिशतले उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्