महालक्ष्मी विकास बैंकको नाफा ४० करोड ३६ लाख, अन्य सूचक यस्ता छन् « Arthapath.com
७ बैशाख २०७८, मंगलवार

महालक्ष्मी विकास बैंकको नाफा ४० करोड ३६ लाख, अन्य सूचक यस्ता छन्



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३९ करोड ७३ लखा रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्ष बैंकले १.५७ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो ।

त्यस्तै, बैंकको गत बर्ष १ अर्ब १९ करोड खुद ब्याज आम्दानी रहेकोमा चालु आवमा खुद ब्याज आम्दानी २.६४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ०.६४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन आम्दानी २३ लाख रुपैयाँबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १५ पैसाले घटेर १६ रुपैयाँ १० पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्