५२ प्रतिशत लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
७ बैशाख २०७८, मंगलवार

५२ प्रतिशत लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । संस्थाको बार्षिक साधारण सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुने छ ।

सभाले गत आर्थिक वर्षको ४९.४० प्रतिशत बोनस सेयर र २.६० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले लघुवित्त वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ । लाभांश र सभा प्रयोजनका लागि संस्थाले वैशाख २३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २२ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्